सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

   २३ श्रावण २०७७, शुक्रबार ११:३८  

साउन २३, रौतहट । सिरहा जिल्लका एक युवकको कोरोना भाईरस (कोभिड १९)क संक्रमणबाट मृत्यु भएको छ ।

सिरहा जिल्लाका गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाईरसका उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

उनी मिर्गाैला र डायलासिसका रोगी पनि थिए, र सेवा लिन धरान पुगेका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका हुन्। उनमा केही दिन अगाडि कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको थियो । अब उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने प्रजिअ कणेलले बताए ।

त्यस्तै उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई अहिले क्वारेन्टिनमा राखिएको कणेलले बताए ।