सुनचाँदीको मूल्य वृद्धि
२४ माघ, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोलामा १ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आइतबार तोलामा ९२ हजथार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको कारोबार आज तोलामा ९२ हजार १ सय रुपैयाँमा भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको कारोबार प्रतितोलामा १ हजार २ सय ५५ रुपैयाँमा भइरहेको छ ।






