ठगी आरोपमा एक जना पक्राउ

   २१ माघ २०७८, शुक्रबार १३:५०  

२१ माघ, सुनसरी । ठगी आरोपमा सुनसरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सहज रुपमा ई–पासपोर्ट बनाइदिन्छु भनेर ठगी गरेको अभियोगमा इटहरी उप–महानगरपालिका ५ घर भएका ३५ वर्षीय मनोज सापकोटालाई हिरासतमा लिएको प्रहरले जनाएको छ ।

प्रहरीका अनुसार ई-पासपोर्ट सहज रुपमा बनाइदिन्छु भन्दैँ माघ १८ गते उनले सर्लाहीका सोमबहादुर स्याङतानसंग १२ हजार रुपैयाँ लिएका थिए । त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका स्याङतानलाई ठगेर फरार भएपछि, उनीविरुद्ध प्रहरीमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आरोपी सापकोटालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि ठगीबारे आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।