नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
२२ श्रावण २०७७, बिहीबार १७:०१
साउन २२, रौतहट । नेपालमा बितेको २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । बिहीबार ३ सय ६० संक्रमित थपिएसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० जना संक्रमित भेटिएका हुन ।
त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन । प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए ।
यस्तै हालसम्म नेपालमा ४ लाख १९ हजार भन्दा बढी मान्छेहरुको पिसिआर परीक्षण भएको छ ।