साबुन फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षति

   १९ माघ २०७८, बुधबार ११:१४  

१९ माघ सप्तरी । राजविराज नगरपालिकास्थित एक साबुन फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सप्तरी सदरमुकाम राजविराज वडा नम्बर ७ छिन्नमस्ता साबुन फ्याक्ट्रीमा मंगलबार बिहान आगलागी भएको सप्तरीको प्रहरी प्रवक्ता नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रवक्ता काफ्लेका अनुसार विद्युत् सर्ट भएर आगलागी हुँदा करिब ५० लाख बरामरको क्षति भएको हो । आगलागीका कारण तयारी अवस्थामा रहेको १२ सय कार्टुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।