७ किलो चाँदीको अवैध गहनासहित महिला पक्राउ
१९ माघ, मोरङ । चाँदीको गहनासहित मोरङबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सुनवर्षी नगरपालिका ९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई प्रहरीले नियनत्रणमा लिएको हो । भारतबाट अवैध रुपमा बिल नभएको चाँदीको विभिन्न किसिमको गहना लिएर नेपालतर्फ आउने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सीमा नाकामा सवारी चेकजाँच गर्ने खटिएको टोलीले शंकास्पद अवस्थामा उनले बोकेको ब्याग चेक गर्दा निजको साथबाट ७ किलो ४६ ग्राम तौल चाँदीको गहना बरामद भएको जिल्ला प्हरी कार्यालय मोरङले जनाएको छ ।
गहनासहित पक्राउ परेकी उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा पठाईएको प्रहरीले जनाएको छ ।






