दूधको मूल्य वृद्धि
१८ माघ, रौतहट । दुधको मूल्य प्रतिलिटरमा ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कच्चा दुधको मूल्य वृद्धि गरेर प्रतिलिटरमा ५६.०४ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
सरकारले प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू गरेको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन् ।
मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको छ । सरकारले यस अघि २०७६ भदौमा दूधको भाउ बढाएको थियो ।






