प्रहरी हेडक्वार्टरमा कार्यरत थप १० जनामा कोरोना पुष्टि
साउन २२, रौतहट । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)मा कार्यरत थप १० जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
नयाँ १० जनामासंक्रमण पुष्टि भएसंगै प्रहरी हेडक्वार्टरमा ८५ कोरोना संक्रमित पुगेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ ।’
हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित भएको बताउँदै प्रवक्ता कठायतले ११९ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेको जानकारी दिए ।
अहिले संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।