सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर
१८ माघ, रौतहट । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार चार दिनदेखि ओरोलो लागेको सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय कायम भएको छ । यसअघि छापावाल सुनको कारोबार प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज पनि १ हजार २ सय ४० रुपैयाँमा भइरहेको छ ।






