६ सुरक्षाकर्मी बाहेक प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

   २२ श्रावण २०७७, बिहीबार १५:४१  

साउन २२, रौतहट । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरुको कोरोना भाईरस (कोभिड १९)का परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

घर बाहिरी घेरामा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिव समेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले उल्लेख गरेकी छन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’