कुखुरा फर्ममा आगलागी हुँदा १७ सय चल्ला जलेर नष्ट

   १७ माघ २०७८, सोमबार १३:११  

१७ माघ, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।

बरहथवा नगरपालिका वडा नम्बर ७ स्थित एक कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर आइतबार मध्यराति १२ बजेतिर आगलागी हुँदा फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।