तीनतल्ले घरको बरण्डाबाट लडेर सर्लाकीमा एक पुरुषको मृत्यु

   २२ मंसिर २०७९, बिहीबार १२:३२  

२२ मंसिर, सर्लाही । घरको बरण्डाबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।

तीन तल्ले घरको बरण्डाबाट लडेर ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका १ स्थित संजय कुश्वाहाको घरमा डेरा गरी बस्दै आएको लामा मंगलबार राति ८:३० बजेतिर घरको बरण्डाबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते निजलाई तत्कालै घटनास्थलबाट उद्धार गरी उपचारको लागि हरिवनस्थित नमुना अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।