प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि
साउन २२, रौतहट । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । साउन २१ गते बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवलाइृ कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ ।
मन्त्री यादव हालै काठमाडौँबाट फर्किएका थिए । काठमाडौँबाट प्रदेशमा फर्किएलगत्तै उनले स्वास्थ्य जाँच गराउँदा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवका निकट जनाएको छ ।
प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।
त्यस्तै उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।