जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना उपचाररत
१७ मंसिर, धनुषा । धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परे ज्यान गुमाउनेहरुमा तीन जना महिला, एक बालक र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ । जन्तीको बोकेको पिकअप ईटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा आज बिहान करिब ४:३० बजेतिर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा बम १ ज ८२९३ नम्बरको गाडी दुर्घटना अचान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका ९ जनाको उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।
यस्तै, दुर्घटना पश्चात् गाडीसहित चालकलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






