दुर्गा भगवती गाउँपालिकास्थित एक जनाको गोठमा आगलागी हुँदा लाखौँको क्षति
१६ मंसिर, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित एक जनाको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ छतौनाका हरिराय यादवको गोठमा बिहीबार बेलुकी करिब ७:३० बजेतिर आगजनी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
गोठमा भएको भिषण आगलागीमा परेर ३ वटा भैंसी र ५ वटा बाख्राको जलेर ज्यान गएको छ । आगलागीको कारण हाल खुल्लन सकेको छैन् । आगलागीबाट कबिर ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






