सप्तरी २ बाट दोब्बर मतले सीके राउत निर्वाचित

   ७ मंसिर २०७९, बुधबार १७:०८  

७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै डा. सीके राउत विजयी भएका हुन् । मंसिर ४ गते (आइतबार) भएको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा ३५ हजार ४२ मत पाएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै, अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत ल्याएर पराजित भएका हुन् । त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत पाएको स्रोतले जनाएको छ ।

निर्वाचनका लागि उनी सत्तारूढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए ।