रौतहट क्षेत्र नम्बर ४ मा मतगणना सुरु
५ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
मंसिर ४ गते (आइतबार) भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपत्र मतगणनास्थलमा बिहान ९:१५ बजेसम्म पुर्याएपनि सोमबार दिउँसो १:३० बजेदेखि मतगणना सुरु भएको छ ।
क्षेत्र नम्बर ४ को मतगणना चन्द्रिनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा सुरु भएको छ । प्रतक्ष तर्फको संघिय सांसद पदका उम्मेदवारको मत गन्न सुरु भएको हो ।
आज दिउँसो १२:३० बजेदेखि सुरु हुने भनिएपनि सर्वदलिय बैठक बसेकोले १:३० बजेदेखि सुरु भएको छ ।






