नेतृ रेखा थापालाई मतदान गर्न मतदातासंग मनिषाको आग्रह

१ मंसिर, रौतहट । प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि बलिउड अभिनेत्री मनीषा कोइरालाले भोट मागेकी छन् ।
मंसिर ४ गते (आइतबार) हुने चुनावमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी नेतृ रेखा थापालाई मतदान गर्ने अभिनेत्री मनिषा कोइरालाले एक भिडियो मार्फात् मतदातासंग अपिल गरेकी हुन् ।
मनीषाले भोट मागेको भिडियो नेतृ रेखा थापाले सामाजिक संजालमा शेयर गरेकी छन् ।
यस्तै, अभिनेत्री मनिषा कोइरालाले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।