यसपालि मेरो अन्तिम उम्मेदवारी: महन्थ ठाकुरको

   २६ कार्तिक २०७९, शनिबार १२:५८  

२६ काक्तिक, रौतहट । मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो अन्तिम उम्मेदवारी रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि यसपटक अन्तिम उम्मेदवारी दिएको महन्थ ठाकुरले बताएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मंसिर ४ गते आइतबार हुने चुनावमा आफ्नो अन्तिम उम्मेदवारी रहेको भन्दैँ ठाकुरले मत माग्दैँ छन् । घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन समेत आग्रह गर्दै आएका छन् ।