निर्वाचन नजिकिँदै जाँदा चितवनमा गठबन्धनको चुनावी सभा

   २६ कार्तिक २०७९, शनिबार ११:४०  

२६ काक्तिक, रौतहट । चितवनमा आज आयोजित चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।

सत्ता गठबन्धनले आयोजित गरेको चुनावी सभालाई नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाले सम्बोधन गर्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार चुनावी सभालाई प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।