डिजिटल प्रविधिबाट एमालेको घोषणापत्र सार्वजनिक

   १५ कार्तिक २०७९, मंगलवार १५:१५  

१५ काक्तिक, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

मंसिर ४ गते हुने निवाचनका लागि अध्यक्ष ओलीले डिजिटल प्रविधिबाट मंगलबार दिउँसो घोषणा पत्र सार्वजानिक गरेका हुन् । काठमाडौँस्थित याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सवा निवाचनका लागि पार्टीको घोषणा पत्र सार्वजानिक गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सार्वजनिक गरिएको घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट शुरु हुने समेत स्रोतले जनाएको छ ।