शताब्दी पुरुष जोशीको निधनमा आज सार्वजनिक बिदा

   १ कार्तिक २०७९, मंगलवार १२:५९  

१ कात्तिक, रौतहट । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन आज देशभर सार्वजानिक बिदा दिएको छ । आइतबार निधन भएको सत्यमोहन जोशीको शोक मनाउन मंगलबार सार्वजानिक बिदा दिएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै शताब्दी पुरुष जोशीको निधनको शोकमा देशभर सार्वजानिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको थियो ।

यस्तै, जोशीको निधनमा आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

किस्ट अस्पतालमा उपचारकै क्रममा १०३ वर्षीय जोशीको आइतबार बिहान निधन भएको थियो ।