सुनचाँदीको मूल्यमा गिरावट
२ माघ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदी भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले भाउ घटेको हो ।
शुक्रबार तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ९२ हजार ४ सय रुैियाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको कारोबार ९१ हजार ९०० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मल्य आजको लागि तोलामा १ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । गत शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा भएको थियो ।






