मौसमका कारण आन्तरिक उडान प्रभावित
द नेपाल मिडिया
२५ पुष २०७८, आईतवार १४:०३
२५ पुस, रौतहट । आज बिहानैदेखि मौसम बद्लि भईरहदाँ आन्तरिक केही उडान प्रभावित भएको छ ।
खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका त्रिभूवन विमानस्थल (टीआईए)ले जानकारी दिए ।
आइतबार बिहान देखिनै केही तराई क्षेत्रका पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् ।
घाम लागेसँगै अन्य केहीँ विमानस्थलहरु सुचारु हुन थालेको छ ।






