सुनचाँदीको मूल्यमा गिरावट

   १५ पुष २०७८, बिहीबार १३:१२  

१५ पुस, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोलामा छापावाला सुनको कारोबार आज ९२ हजार २ सय रुपैयाँमा भइरहेको छ । यसअघि बुधबार सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँमा तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले गिरावट भएको छ । बुधबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।