धौलागिरी क्याम्पसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, अस्पतालको अत्यावश्यकबाहेक सेवा बन्द

   २१ श्रावण २०७७, बुधबार १२:४८  

साउन २१, रौतहट । बागलुङको धौलागिरी अञ्चल अस्पताल अन्तर्गतको धौलागिरी क्याम्पसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । क्याम्पसमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘उहाँमा कोरोनाको केही सिम्टम्स देखिएको थियो । शंका लागेर स्वाब परीक्षणका लागि पठायौं । कोरोना पोजेटिभ आयो, ‘नतिजा पोजेटिभ आएपछि तत्काल उहाँलाई आइसोलेसनमा राखेर ओपीडी बन्द गरेका अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए ।

२५ वर्षीय कोरोना संक्रमित स्वास्थ्यकर्मीसँग कार्यरत अर्की स्टाफ नर्सलाई पनि क्वारेन्टिनमा पठाइसकिएको डा. पोखरेलले बताए । उनले भने, ‘उहाँमा सिम्टम्स छैन । तर, पनि क्वारेन्टिनमा राखेर स्वाब परीक्षणका लागि पठाइसक्या छौं ।’ अहिले नर्सको ड्युटी समयमा त्यहाँ २ जनामात्रै स्वास्थ्यकर्मी रहने उनले बताएका हुन् ।