वर्ल्डलिंकको उच्चस्तरीय इन्टरनेट गौरमा भित्रिदै
११ पौष, रौतहट । प्रदेश २ मा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको उच्चस्तरीको इन्टरनेट भित्रिने क्रम तिव्र गतिमा जारी छ ।
प्रदेश २ अन्तरगत ७५ प्रतिशत जिल्लामा इन्टरनेट पुगिसकेको बताइएको छ । हाल रौतहटमा काम तिव्र गतिले भइरहेको गौर शाखाका प्रबन्धक गौतम श्रेष्ठले जनाकारी दिएका छन् ।
नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । “हामी गौरमा छिटै वर्ल्डलिंकको उच्चस्तरीय इन्टरनेट सेवा वितरण गर्नेछौ । ग्राहकलाई गुणस्तरीय सेवा दिन हामी प्रयासमा जुटेका छौ ” शाखा प्रबन्धक गौतम श्रेष्ठले बताए । पौषको अन्तिम सम्म काम सकाएर माघ देखि ग्राहकलाई सेवा वितरण थालिने योजना रहेको उनले बताए ।

नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेपालले ठूलो फड्को मार्न सक्ने बताइएको छ ।
विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल देशका ७५ जिल्लामा वर्ल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ ।
देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उहाँँले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिएका छन् ।
तस्विर : प्रेम यादव






