रौतहटमा आज ६ जनामा कोरोना संक्रमण पुष्टी
२० साउन, रौतहट ।
साउन ११ गते रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भए पछि उनी सँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ्ग गर्दा ४ नयाँ संक्रमित थपिएका छन ।
काठमाण्डौ जानका लागी पिसिआर परिक्षण गराएका राजदेवि नगरपालिका एक वडा अध्यक्षमा संक्रमित हुदा उनको सम्पर्कमा आएका १७ जनाको स्वाब संकलन गरिएको थियो । साउन १७ मा स्वाब संकलन गरिए पछि परिक्षणको हेटौडा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए ।
आज राजदेवि नगरपालिकाका ४ जना सँगै चन्द्रपुर नगरपालिका मा १ र गौर ५ का २४ वर्षिय एक युवकमा पनि संक्रमण पुष्टी भएको छ । “समुदाय स्तरमा कोरोना संक्रण फैलिएको छ । मास्क लगायतका अत्यावश्क स्वास्थ्य सावधानीका उपायहरु प्रति स्थानियहरु उदासिन बन्दा अवश्था भयावह बन्ने खतरा बढेको छ ।” जनस्वास्थ्य प्रमुख साहले भने “पर्याप्त मात्रामा भिटिएम किटहरु नहुदा परिक्षणको दायरा बढाउन गाह्रो भएको छ ।” सोमवार मृत्यु भएका इशनाथ ५ जटहराका वडा अध्यक्षको परिवारका १६ जना र जिल्ला कारागारमा रहेका १४ बन्दीको आज स्वाब संकलन गरिएको उनले बताए ।
आज संक्रमण पुष्टी भएका ५ जनालाई गरुडाको विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा र १ संक्रमितलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । संक्रमित भेटिएका सबैका कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको उनले बताए । रौतहटको आइसोलेसनबाट १ हजार ३ सय २१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन । जिल्लामा रहेको २ आइसोलेसन मध्ये विर्तामा ४ जना र चन्दपुरमा १ जना उपचारका क्रममा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।