सोमबार राति आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

   २० श्रावण २०७७, मंगलवार १६:३२  

साउन २०, रौतहट । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार राति करिब १ बजे कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार दिउँसो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएर उनी उपचारका लागि सोमबार राति कोशी अस्पताल आइपुगेका थिए ।

न्यौपानेको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि मृतकका आफन्तले विराट मेडिकल कलेज विराटनगर ल्याएका थिए । तर विराटले भर्ना गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा आइसोलेनमा भर्ना गर्ने क्रममा मृत्यु भएपछि आइसोलेसनमा शव राखेर कोरोना जाँचका लागि नमुना संकलन भएको थियो ।