राजस्व अनुसन्धान कार्यालयका प्रमुख २ लाख घुससहित पक्राउ

   २० श्रावण २०७७, मंगलवार १५:५२  

साउन २०, रौतहट । आज मंगलबार कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित पक्राउ परेका छन ।

बुटवल–१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट पक्राउ परेका हुन ।

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

राना र झा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सूचना अधिकारी भुसालले जानकारी दिए ।