चितवनमा मोटरसाइकल चोरीको आरोपमा ३ जना पक्राउ

   २० श्रावण २०७७, मंगलवार १२:४३  

साउन २०, रौतहट । चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेहरुमा इच्छाकामना गाउँपालिका ७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, वडा नम्बर २ पदमपुरका २८ वर्षीय सुरज गुरुङ र कालिका नगरपालिका–३ सिमलढापका २७ वर्षीय योगेश वाइवा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले बताए ।

उनीहरुको साथबाट ना १३ प ८५३८ नम्बरको होन्डा मोटरसाइकल ९वास्तविक ना ४१ प ९६०१०, ना ४१ प ९६०१ ९वास्तविक प्रदेश ३–०३–००१ प ४६८५० र ना ६५ प ४९०७ ९वास्तविक स १० प १११८० नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

अहिले उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताए ।