पर्सा जिल्लामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

   १९ श्रावण २०७७, सोमबार ११:४१  

साउन १९, रौतहट । सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जनाएकोे छ । संक्रमितहरुमध्ये १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन ।

कोरोना संक्रमित हुनेहरुमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना रहेका छन । नयाँ कोरोना सैक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितहरुको संख्या ५ सय ८० पुगेको छ ।

संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।