नेपाली महिला टोली यूएई विरुद्ध पहिलो बलिङ गर्ने

   १२ मंसिर २०७८, आईतवार १२:३०  

१२ मंसिर, रौतहट । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आईसीसी ट्वान्टी–२० विश्वकप एसियाली छनोटको जित्नैपर्ने खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिलोपटक ग्लोबल क्वालिफायरमा स्थान बनाउन राम्रो रनरेटले आज नेपाललाई जित्नैपर्ने हुनेछ ।

आजै हङकङले पनि तुलनात्मक रूपमा कमजोर कुवेतविरुद्ध खेल्दै छ । हङकङले कुवेतलाई फराकिलो अन्तरमा पराजित गरे नेपालले यूएईलाई हराए पनि अगाडिको यात्रा कठिन हुनसक्छ । त्यसैले आज नेपाल जितसँगै राम्रो रनरेटसहित जित्ने लक्ष्यमा छ ।