आज रक्षाबन्धन मनाइदै
१९ साउन, रौतहट । तराई मधेशका जिल्लाहरुमा आज रक्षाबन्धन पर्व धुमधामका साथ मनाइदै छ ।
परापुर्व काल देखि साउन पूर्णिमाको दिनमा जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउदै आइएको छ । तराई मधेशमा रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाईलाई नाडीमा राखि बाधेर दीर्घायू तथा प्रगतिको कामना गर्दै आषिश दिने गर्छिन भने दाजुभाईले पनि सक्दो उपहार दिने प्रचलन रहेको छ । भाइ बहिनीको पवित्र पर्व रक्षाबन्धनका लागी बजारमा राखी तथा मिठाई किन्नेहरुको भिड लागेको छ ।

रक्षा बन्धनकै अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ । आजकै दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।






