नेपालमा आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

   १८ श्रावण २०७७, आईतवार १७:१०  

साउन १८, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१ जना सहित थप २ सय ४६ जनामा कोरोना भईरसका संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ जना रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०र१०, ललितपुर र स्याङ्जाका ८र८ जना तथा महोत्तरी र कास्कीका ५र५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर र लम्जुङका ३र३ जना, सर्लाही, रौतहट र तनहुँका २र२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक र एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये आइतबार कोरोना संक्रमण निको भएर १ सय ११ जना डिस्चार्ज भएका छन । त्यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन । त्यस्तै कोरोना भाईरसका संक्रमणका कारण नेपालमा आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।