गौर नगरपालिकामा अख्तियारको छानबिन टोलि

   ७ मंसिर २०७८, मंगलवार १०:५०  

७ मंसिर, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले गौर नगरपालिकाको कागजातहरु चेकजाँच गरेको छ ।

गौर नगरपालिकाका योजनाहरुमा परेको उजुरी को सम्बन्धमा कागजपत्र छानबिन गर्न आएको अख्तियार दुरुपयोग आयोग बर्दिवासको टोलिले झण्डै एक घन्टा सम्म नगरपालिकामा फाइलहरु जाँच गरेको थियो ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक  हिनामिना सम्बन्धी आयोगमा परेको उजुरीको अनुसन्धानका लागि टोलि गौर आएको थियो ।