कोरोना संक्रमणबाट विदेशमा १८९ नेपालीको मृत्यु
साउन १८, रौतहट । विश्वभर कोरोना भाईरस (कोभिड १९)का माहामारीबाट बितेका सात दिनमा मात्र विदेशमा रहेका २८ नेपालीको मृत्यु भएको छ ।
देशमा मृत्यु हुनेहरुमध्ये सबै भन्दा बढी भारतमा २५, साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा एक जना नेपालीको मृत्यु भएको हो । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
अहिले विश्वका ३८ देशमा रहेका नेपालीहरुले कोरोना भाइरसको शिकार भएको छ । त्यस्तै अहिले सबैभन्दा बढी भारतको महाराष्ट्रमा कोरोना भाईरस फैलिएका र महाराष्ट्रमा नै बढी नेपालीहरु रहेको बताउँदै संघले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक कोरोना संक्रमित भएको उल्लेख गरिएको छ ।
यसैबीच संघले हालसम्म कोरोना भाइृरस (कोभिड १९)का कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि संघले जनाएको छ ।