साउदी तेल कम्पनीलाई तल पार्दै बन्यो एप्पल विश्वकै ठूलो कम्पनी

   १८ श्रावण २०७७, आईतवार १३:५५  

१८ साउन, रौतहट । अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको

एप्पलको शेयर मूल्यमा शुक्रबार . प्रतिशतको कीर्तिमानी वृद्धि भयो कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो

कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी अराममा पनि परेको ।कोरोना भाइरस महामारीका कारण तेलको मागमा भएको गिरावट एप्पलको शेयर मूल्यमा आएको बढोत्तरीका कारण अन्ततः एप्पल अरामलाई पछि पादैै विश्वकै नम्बर वान कम्पनी बनेको हो

शुक्रबार बजार खुल्नेबित्तिकै एप्पलको शेयरको मूल्य सय १२ अमेरिकी डलर पुगेको थियो जस अनुसार एप्पल कम्पनीको बजार मूल्य .७६५ ट्रिलियन डलर पुग्यो

जबकी गत वर्ष मात्र सार्वजनिक कम्पनी भएको साउदी कम्पनी अरामको बजार मूल्य शुक्रबार .७५९ ट्रिलियन डलर थियो

स्मरण रहोस् गत जून महिनामा एप्पलको बजार मूल्य पहिलोपटक . ट्रिलियन डलर पुगेको थियो शेयर मूल्यमा आएको पछिल्लो उछालसँगै एप्पलको बजार मूल्य .७८६ ट्रिलियन डलर भएसँगै अरामलाई पछि पारेको हो

एप्पल कम्पनीको हालै सार्वजनिक रिपोर्ट अनुसार सन् २०२० को तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ११ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७० करोड डलर पुगेको त्यसमध्ये कम्पनीको मुनाफा मात्रै ११ अर्ब २५ करोड डलर रहेको

विश्वमा कोरोना भाइरस महामारी चलिरहेको बेला एप्पलका सबै सामानहरुको बिक्रीमा गिरावट विज्ञहरुको प्रक्षेपण विपरीत यस अवधिमा आइप्याड तथा म्याकको बिक्री ह्वात्तै बढेको

एजेन्सी