वीरगंजमा संकलित नमुनाको २० प्रतिशतमा संक्रमण

   १८ श्रावण २०७७, आईतवार ११:४५  

१८ साउन, रौतहट । पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीकी श्रीमती र छोरीसहित थप ४५ जनामा कोरोना भारइसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगंजको ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध संक्रमित भएका छन्। वीरगन्जमा थपिएका ४५ जना संक्रमित सबै स्थानीय हुन्। वीरगंज ड्राइपोर्ट ठेगाना लेखाउने ५ जना पुरुष, वीरगंज-४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज-११ राधेमाइका १८ जना, वीरगंज-१३ चिनी मिलका ४ जना, वीरगंज-३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी-३ निर्मलवस्ती, सखुवा प्रसौनीका १/१ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जानकारी दिएको छ।

कोरोना उपचारमा खटिएका चिकित्सकहरूले पनि वीरगन्जमा संक्रमण समुदायस्तरमा फैलिएको बताउँदै आएका छन्। शनिबार मात्र वीरगन्जमै थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो। अहिले वीरगंजमा संकलित नमुनाको २० प्रतिशत जनामा संक्रमण भेटिन थालेको छ।