एकै दिन सुनको मूल्य तोलामा १३ सय रूपैयाँले बढ्यो
द नेपाल मिडिया
२५ कार्तिक २०७८, बिहीबार ११:१९
२५ कात्तिक, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन तोलामा १३ सय रुपैयाँले बढेको हो । बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९४ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँ पुगेको छ ।






