डिसइन्फेक्सन स्प्रेले कोरोनाबाट जोगिन सकिन्छ

   १७ श्रावण २०७७, शनिबार १५:३९  

साउन १७, रौतहट । पछिल्लो समय सुरक्षाकर्मीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने क्रम बढ्दो छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत ठूलो संख्यामा प्रहरी संक्रमित भइसकेका छन् । त्यसमाथि बालुवाटार अगाडि प्रदर्शन हुन थालेपछि प्रहरी अग्रपत्तिमा खटिनु परेको छ । तर ड्युटी नगरी धर पनि पाइँदैन ।

शनिबार पनि बालुवाटार क्षेत्रमा प्रदर्शन मात्र भएन, केही प्रदर्शनकारीलाई पक्राउ समेत गरिएको छ । प्रदर्शनकारीलाई पक्राउ गरेर भ्यानमा हालेपछि प्रहरीले एकआपसलाई डिसइन्फेक्सन स्प्रे छर्किएका छन्, ताकि सम्भावित संक्रमणबाट जोगिन सकियोस् ।