डडेल्धुरामा हाइस अनियन्त्रित भइँ दुर्घटना हुँदा १७ जना घाइते

   १७ श्रावण २०७७, शनिबार १२:५३  

साउन १७, रौतहट । डडेल्धुरामा हाइस अनियन्त्रित भइ दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । यो दुर्घटना भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको आलिताल गाउँपालिका १ घण्टेश्वर मन्दिर नजिक भएको हो ।

भारतको केरेलाबाट मान्छे लिएर धनगढीदेखि बझाङ्गतर्फ आउँदै गरेको सु प प्र ०१–००१–ख २३२३ नम्बर को हाइस शनिबार बिहान करिव ३ बजेतिर दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ । हाइस अनियन्त्रित भइ रोडभन्दा अन्दाजी १० र १५ मिटर तल खसेको थियो । उक्त हाइसमा सवार १७ जना घाइते भएका डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन ।

बझाङ्ग तलकोट गाउँपालिका–२ बस्ने ३० हिमाल माझी(साहुँ) र कैलाली गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारालाई उपचारको लागि धनगढी पठाएको डीएसपी न्यौपानेले बताए।

डीएसपी न्यौपानका अनुसार घाइते हुनहरुमाबझाङ्ग तलकोट गाउँपालिका–२का २३ वर्षीया सुशिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, १८ वर्षका अशोक कुँवर,१८ वर्षका दिपेन्द्र कुँवर,  ३५ वर्षका मिनबहादुर कुँवर रेहका छन ।

त्यस्तै रोकाया रहेका छन । हाइस दुर्घटनामा घाइते भएका १५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको डीएसपी न्यौपानेले बताए ।