कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो

   १७ श्रावण २०७७, शनिबार ११:५८  

साउन १७, रौतहट । संसारमा अहिले कोरोना भाईरस (कोभिड १९)का माहामारीको कारणले छ लाख ७७ हजार १८ जनाले आङ्खनो ज्यान गुमाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ )ले दिएको जनोकारी अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाईरसबाट संक्रमितहुनेहरुमध्ये हालसम्म एक करोड ९ लाख ५१ ह्जार ९८० व्यक्ति कोरोना मुक्त भईसकेका हुन् । त्यस्तै अहिले विश्वभरमा ५८ लाख ६० हजार ६२५ जनामा कोरोना भाईरसका संक्रमित रहेका र उनीहरुको उपचार भईरहेको छ । जसमध्य ६६ हजार ३ सय ४३ जना कोरोना संक्रमितको अवस्था गम्भीर हरेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन, भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ । एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ । ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ, भने २२२ जनाको मृत्यु भएको छ ।