मुस्लीम धर्मावलम्बीहरु बकरईद मनाउदै

   १७ श्रावण २०७७, शनिबार १२:१३  

१७ साउन, रौतहट ।
रौतहटमा मुस्लीम धर्मावलम्बीहरु आज आफ्नो दोश्रो ठूलो पर्व इदउलजोहा अर्थात बकरइद उत्साहका साथ मनाउदैछन । कोविड १९ संक्रमणका कारण यस पटक भने मुश्लीम समुदायले मस्जीद तथा इदगाहहरुमा सामुहिक रुपमा बकरईदको नमाज पढने अवसर पाएनन । कोरोना संक्रमणका कारण मुश्लीम समुदायले घरमै नमाज पढेका छन । आजको यस पर्वलाई कुर्बानी समेत भन्ने गरिन्छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । बकरइदको नवाज पढे पछि आफनो गच्छे अनुसार खसी, रागाको बलि दिने चलन यो पर्वमा रहेको छ । बलि पश्चात मासुको विभिन्न परिकार बनाइ नाता कुटुम्ब तथा छिमेकीहरु लाई बाडी रमाइलो गरी शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

मुस्लीम धार्मिक ग्रन्थ अनुसार एक पटक मुस्लीम धर्मगुरु ईब्राहिम ले अल्लाह लाई खुशी पार्न आफ्नो छोरा इस्लाम र श्रीमतिलाई बलि दिन खोज्दा अल्लाह प्रशन्न भई उनीहरुलाई पशु रुपमा परिणीत गरि बलि स्वीकार गरेकाले त्यस बेला देखी नै मुस्लीम समुदायले यो पर्व मनाउदै पशु बलि दिने प्रचलन चलेको हो ।

मुश्लीम समुदायले नया लुगा र मासुका मिठो परिकार खाएर यो पर्व हर्षोल्लासका साथ तिन दिन सम्म मनाउने छन ।