सुनचाँदीको मूल्य वृद्धि

   ३ कार्तिक २०७८, बुधबार १२:१८  

३ कात्तिक, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार ९१ हजार ३ सय रुपैयाँमा छापावाला सुनको बिक्री भएको थियो ।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि भई तोलामा १ हजार २ सय ३५ पुगेको छ ।