अध्यक्ष महर्जनको सम्झनामा आज सुनचाँदीको कारोबार नहुने

   २ कार्तिक २०७८, मंगलवार १२:४७  

२ कात्तिक, रौतहट । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोरोना भाइरसको संक्रमणका कारण निधन भएकोले आज देशभरका सुनचाँदी पसल नखुल्ने र कारोबार बन्द हुने भएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण सोमबार मृत्यु भएको थियो । एक साताअघि कोरोना पुष्टि भएको महर्जनको उपचारकै क्रममा यही कात्तिक १ गते (हिजो) निधन भएको भन्दैँ उनको सम्झनामा आज देशभर सुनचाँदीको कारोबार नगर्ने पाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जनाए ।

महर्जनको शव आज पशुपतिमा अन्त्येष्टि गरिँदै छ ।