विश्वकप टी–२० क्रिकेट आजबाट सुरु
३१ असोज, रौतहट । विश्वकप टी–२० क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुनेछ ।
यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ । प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । तर पहिलो चरणमा ८ टिमले मात्र खेल्नेछन् ।
समूह ए : आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका
समूह बी : बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड
दुबै समूहका टिमले एकअपासमा खेल्नेछन् र समूहको शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् ।
सुपर १२ मा पनि दुई समूह हुनेछ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।
यो राउण्डको खेल ६ कात्तिक (२३ अक्टोबर)देखि सुरु हुनेछ र २२ कात्तिक (८ नोभेम्बर) सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिक (१०र११ नोभेम्बर)मा सेमिफाइनल खेल हुनेछ ।
उपाधि विजेताले १६ लाख डलर पाउनेछ । उपविजेताले भने ८ लाखमा चित्त बुझाउनुपर्नेछ । सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख पाउनेछ भने सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस रकम पनि आउने छ ।
यो पटक प्रत्येक खेलका क्रममा अतिरिक्त ड्रिक्स ब्रेक हुनेछ । अढाई मिनेटको यो ब्रेक पारीको मध्यमा हुनेछ । साथै पहिलो पटक निर्णयमा रिभ्यू सिस्टम हुनेछ । एक पारीमा हरेक टिमले दुई रिभ्यू लिन पाउनेछ ।
२००७ मा पहिलो पटक भएको वल्र्ड टी–२० क्रिकेटको उपाभिध भारतले जितेको थियो । २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड र २०१२ मा वेष्ट इण्डिजले जित्यो । २०१४ मा श्रीलंका च्याम्पियन बन्दा २०१६ मा वेष्ट इण्डिजले दोस्रो पटक उपाधि उचाल्यो ।
२०१८ मा सिरिजहरु चलिरहेका कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता रद्द ग¥यो । त्यसपछि २०२० मा हुनुपर्ने थियो, तर कोरोनाका कारण अहिले हुन लागेको हो ।
पहिलो समूहको खेलमा ४५ खेल खेलिने छ । जसमध्ये आज पपुवा न्यूगिनी र ओमन प्रतिस्पर्धामा छन् । ओमनले टस जिती बोलिङ रोजेका छन् । यो समाचार तयार पर्दा सम्म पपुवा न्यूगिनीले ९ ओभर ३ बलमा २ विकेट गुमाउँदै ६७ रन तयार पार्न सफल भएका छन् ।