हिरोको खरिदमा ब्याज नलाग्ने ,१८ महिने किस्ताबन्दी योजना
द नेपाल मिडिया
३१ आश्विन २०७८, आईतवार १३:४३
३१ असोज, रौतहट । नेपाल जनरल मार्केटिङ प्रालिले हिरो ब्राण्डका कुनै पनि मोटरसाइकल र स्कुटरको खरिदमा ब्याज नलाग्ने स्कीम ल्याएको छ ।
कम्पनीले सार्वजनिक गरेको दशैं स्कीममा हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ब्याज नलाग्ने अफर ल्याएको हो ।
हिरोले उपभोक्ताले ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेपछि बाँकी किस्तामा कुनै ब्याज नलाग्ने स्कीम ल्याएको हो । डाउन पेमेन्टपछि वाँकी रहेको रकमलाई १८ किस्तामा मासिकरुपले बुझाउनु पर्छ ।