जग्गा विवाद कारण इशनाथमा झडप
२६ असोज, रौतहट । जग्गा विवाद कारण रौतहटमा झडप हुदाँ कम्तीमा आधा दर्जन मानिस घाइते भएका छन् । सोमबार राति करिब ८ः३० बजे रौतहटको इशनाथ नगरपालिका–३ मा दूई पक्ष बिच झडप भएको थियो ।
घाइतेहरूको आवश्यक उपचारको लागी गौर अस्पतालमा पठाइएको थियो । जसपछि गम्भीर घाइतेहरुको थप उपचारका लागि बीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन् ।
अरूको जग्गा मिची इशनाथ नगरपालिकाका नगरप्रमुख संतोष मेहताले आफ्नो निजी काममा प्रयोग गर्न खोज्दा रौतहट जिल्ला अदालतबाट भदौ २९ मा परमादेश समेत जारी भएको थियो ।
अदालतको अवहेलना गरी नगरप्रमुख मेहताले सोही जग्गा मिचेर नयाँ सडक निर्माणका लागी निज विपक्षी हरूलाई नै अवैध रुपमा उपभोक्ता समिति चयन गरी झडप को मैदानमा बनाउने काम गरेको स्थानीयको भनाई छ ।
घाइते हुने मध्ये सन्दीप झा ,रौशन झा ,राजन झाको अवस्था गम्भीर रहेको कारण उनीहरुलाई गौर अस्पताल बाट रेफर गरी बीरगंज पठाएको हो ।
इशनाथका नगरप्रमुख मेहता आफ्नै जनतालाई एकआपसमा लडाउने र अदालतको आदेश समेत नमानेको स्थानीयको आरोप छ ।
तस्बिर : समाजिक संजाल