फाइल पुग्ने यात्राबाट टाढियो नेपाल
२५ असोज, रौतहट । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा भारतसँग आइतवार पराजित भएसँगै शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ ।
नेपाल साफ च्याम्पियनशिपको फाइनलमा पुग्ने यात्राबाट आठ मिनेट मात्रै टाढा थियो।
तर खेलको ८२ औँ मिनेटमा नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपाल भारतसँग १-० ले पराजित हुन पुग्यो।
र, यसले १३ औँ संस्करणसम्म पुगेको साफ च्याम्पियनशिपमा नेपालको फाइनल पुग्ने यात्रा फेरि पर धकेलिएको छ।
खेलको नतिजाले नेपाललाई सोझै फाइनल पुग्नबाट रोक्यो नै, साफ च्याम्पियनशिपको शीर्ष दुई स्थानमा पुग्ने टोलीहरूको समीकरणमा पनि निकै फरक परिस्थिति सिर्जना हुन पुगेको छ।
अब लिग चरणको अन्तिम दिन माल्दिभ्सका दुई रङ्गशालामा हुने खेलको नतिजाले नेपाल, भारत, माल्दिभ्स र बाङ्ग्लादेशमध्ये कुनै पनि टोली उक्लिने वा कुनै पनि टोली प्रतियोगिताबाट बाहिर हुन सक्नेछ।
लिग तालिकामा समान ६ अङ्क भए पनि गोल भिन्नताको आधारमा माल्दिभ्स पहिलो र नेपाल दोस्रो स्थानमा छ ।
बीबीसी